नियम ५
समूहीकरणको व्यवस्था
(१) यी नियमहरु प्रारम्भ हुदा“का वखत नेपाल तथ्याड्ढ सेवाको विभिन्न समूहमा कार्यरत कर्मचारी तथ्याड्ढ समूहमा स्वतः समूहीकृत भएका मानिने छन् ।
(२) नेपाल सरकारले अनुसूची–३ बमोजिम आर्थिक योजना समूहका लागि तोकिएको न्यूनतम योग्यता पुगेका उक्त समूहमा समूहीकृत हुन चाहने निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई निजहरुको कार्य विशिष्टता समेतको आधारमा प्रचलित कानून बमोजिम सेवा, समूह वा उपसमूह परिवर्तन गरी आर्थिक योजना समूहमा समूहीकृत गर्न सक्नेछ ।